arrow

महिलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
crime-final-everytime-use.jpg

सुर्खेत । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीया महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ ।

घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ