arrow

दुई ट्रक आपसमा ठोक्किदा तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
accident-final-1618290232.jpg

धनुषा । धनुषामा एकापसमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एक जना घाइते हुन पुगेका छन् । 

ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार सो ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । 

मृतकको अझै पहिचान खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ