arrow

सरकारविरुद्ध रंगकर्मीहरुको रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन् । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो ।

पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारिस कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधान विपरीत भएको दाबी गरे ।

यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए । अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उनीहरुले बताए । 

उनीहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे ।

साथै उनीहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे । उनीहरुले भने, ‘नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ