arrow

निश्चलले जिते मिस्टर पोखरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
Nischal kc.jpg

पोखरा । मिस्टर पोखराको उपाधि कास्कीका निश्चल केसीले जितेका छन् ।

केसीले ७५ केजी तौल समूहको फाइनमा अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

उनले ट्रफीसहित एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उनी पोखरा विन्ध्यवासिनीस्थित मोन्स्टर जिमका खेलाडी हुन् । 

यता ७५ केजी तौल समूहमा सुरज विके दोस्रो र कृष्ण भण्डारी तेस्रो भए ।

७० केजी तौल समूहमा कास्कीका यमन्तराज गुरुङले उपाधि जिते । सञ्जीव पुन दोस्रो हँुदा गौतम राना तेस्रो भए ।

७५ केजीमाथि तौल समूहमा तनहुँका सन्तोष श्रेष्ठ पहिलो, कुशलप्रसाद गुरुङ दोस्रो र दिनेश थापा तेस्रो भए ।

६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, कपिल घलान दोस्रो र भानुभक्त कठारिया तेस्रो भए ।

६० केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, जलबहादुर चौधरी दोस्रो र सामुयल गुरुङ तेस्रो बने ।

५५ केजी तौल समूहमा सुर्खेतका अमित रोका क्षत्री प्रथम, रोहित श्रेष्ठ दोस्रो र आकाश गुरुङ तेस्रो भए ।

मेन फिजिक्स १७० सिएम उचाईमुनिका खेलाडी सम्मिलित प्रतिस्र्धामा कास्कीका सुनिलसेन ठकुरीले उपाधि जितेका छन् ।

सोही विधामा सुरेश गुरुङ दोस्रो र अनिल गुरुङ तेस्रो भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ