arrow

लागूऔषधसहित चार युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १७ स्थित तीनकुनेबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा-१७ तीनकुने बस्ने १९ वर्षीय अमनबहादुर सार्की, २५ वर्षीय सञ्जोग विक, २८ वर्षीय राजेन्द्र कुमार यादव र १९ वर्षीय लविन जिसी छन् ।

पक्राउ परेका अमनको डेराबाट नाइट्राभेट-१० नामक लागूऔषध ७५ चक्की ट्यावलेट, खैरो हिरोइन जस्तो धुलो ५१० मिलिग्राम बरामद भएको छ ।

उक्त लागूऔषध सञ्जोक विकले अमनलाई राख्न दिएको खुलेको प्रहरीले जनाएको छ । 

यस्तै, राजेन्द्रको साथबाट नाइट्राभेट-१० नामक लागूऔषध २८ चक्की ट्यावलेट र लविनको साथबाट १५ चक्की सोही ट्यावलेट बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चार जनाविरुद्ध लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ