arrow

पोखरा क्याम्पसमा अनेरास्ववीयूका कार्कीको प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
Samir karki.jpg

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववीयूका समिर कार्की विजयी भएका छन् । 

उनले नेविसंघका मुबारक अलि गद्दीलाई १५९ मतले पछि पार्दै विजयी भए । कार्कीले २९५ र मुबरकले १३६ मत प्राप्त गरे ।

स्ववियु निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले गठवन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए । 

कार्कीको प्यानल नै विजयी भएको छ । सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् ।

उनले नेविसंघका कीर्तन पण्डितलाई १२८ मतले हराए । परियारले २७७ मत प्राप्त गर्दा पण्डिले १२९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता कोइरालाले २८२ मत प्राप्त गर्दा नेविसंघकी कीर्ति कँडेलले १४७ मत प्राप्त गरिन् । 

सदस्यहरुमा महादेव सिह कुश्वाहले २९०, अनिशा आचार्यले २८४, दीपा कार्कीले २८२, गरिमा गुरुङले २८७ र लोकराज थापाले २७८ मत प्राप्त गर्दै विजयी भए ।

सदस्यमा निर्वाचित तीन जना अनेरास्ववियुका हुन् भने दुई जना अखिल (क्रान्तिकारी) का हुन् ।

उक्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएपनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । क्याम्पसका विद्यार्थी संगठनबिच ताला खोल्ने सहमति भएसँगै निर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ