arrow

कांग्रेस बैठक मंगलबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले भोलि मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
 
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए ।
 
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ