arrow

सर्‍यो कांग्रेस बैठक, बिहीबार बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ । 

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक कांग्रेस पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ