arrow

क्रिश्चियन स्कुलमा गोलाबारी, छको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
america-school.jpg

काठमाडौं ।  अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा रहेको एउटा क्रिश्चियन स्कूलमा गोलाबारी भएको छ ।  

द कभेन्ट नामक क्रिश्चियन स्कूलमा भएको आक्रमणमा गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ । 

मृत्यु हुनेमा तीन विद्यार्थी पनि छन् । 

अड्रे हेल नामकी २८ वर्षीया युवतीले गोलाबारी गरेकी थिइन् । 

आक्रमणपछि घटनास्थलमा पुगे प्रहरीले १५ मिनेटभित्रै आक्रमणकारी महिलालाई मारेका छन् ।   

घटनापछि त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ