arrow

आयुर्वेद क्याम्पसको निर्वाचन १७ गते, चार विद्यार्थी गठबन्धनविरुद्ध नेवीसंघको एकल भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
aayurved-campus-kirtipur.jpg

काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा यही चैत १७ गते स्ववीयू निर्वाचन हुने भएको छ । इन्टर्न विद्यार्थीले भोट नहाल्ने कुरामा त्रीवीको नयाँ निर्देशिकाको विरुद्ध मुद्दा परेपछि उच्च अदालत पाटनले निर्देशिकाअनुसार नै चुनावमा जानुपर्ने आदेश जारी गरेको थियो ।

सो क्याम्पसमा निर्वाचनमा ५ दलका विद्यार्थी संगठनहरु अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू, नेपाल क्रन्तिकारी विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ दर्ता भएको छ । जसमा ४ दलीय गठबन्धनका विरुद्ध नेवीसंघ सिंगो प्यानल लड्ने भएको छ । 

नेवीसंघ एकाइको आज सम्पन  संकल्प पत्र विमोचन कार्यक्रममा बोल्दै बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले आफूले विद्यार्थी कालमा गरेको संघर्षको स्मरण गराउँदै खबरदारी र अन्यायविरुद्ध आवाज आज पनि गरेकोले देशभरिमा पहिलो संघठन भएको दाबी गरे । 

शिक्षामा गर्नुपर्न आन्दोलन शिक्षालयमा भएको कारण आयुर्वेद पछि परेको जिकीर गर्दै युवा पुस्तालाई यसको अभिभारा सहेको स्मरण गराए । 

२०७४ मा सम्पन स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आयुर्वेद क्याम्पसमा नेवीसंघको प्यानलनै विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ