arrow

सीजीफिन्कोका उत्कृष्ट २० वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
cg-finco-20years.jpg

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष सफलतापूर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ । 

२०औँ बार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफूमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरेका हुन् । 

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने गरेको बताए । 

सीजीफिन्को आज नेपालमा वैदेशिकमुद्राभित्रयाउने जिम्मेवारीमाअब्बल सावित हुँदै आएको र विदेशमा भएकाहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष व्यक्त गरे । 

‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ । मलाई लाग्छ २० वर्षअघि सीजीफिन्कोको  स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आजविप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले भने ।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्थामात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वप्रर्ण योगदान गरिरहेको उनले बताए । 

साथै आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उनले दिए । 

‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउने छ’ अध्यक्ष चौधरीले भने ।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङजिनियस अवार्डबाट रमेश रेग्मी, अन्म्याच्ड डेडिकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आशिषकुमार हमाल सम्मानित भएका थिए । 

सन् २००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । 

देशभर १०० ओटा आउटलेटबाट सेवा शुरु गरेको यस संस्थाले अहिले चार हजार भन्दा बढी एजेन्टमार्फत नेपाल भर विप्रेषण सेवा दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ