- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि सेतो मत्स्येन्द्रनाथको जात्रा शुरु भएको छ । जात्राको पहिलो दिन काठमाडौंको मछिन्द्रवहालमा रहेको मत्स्येन्द्रनाथको मन्दिरबाट मत्स्येन्द्रनाथको मूर्तिलाई बाजागाजासहित खटमा राखी दरबारमाको तीनधारा पठशाला अगाडि बनाएको रथमा विराजमान गराइ रथ यात्रा शुरु भएको हो ।
पहिलो दिन रथलाई रत्नपार्क भोटाहिटी हुँदै असन पुर्याइएको छ। त्यस्तै दोस्रो दिन हनुमानढोका र तेस्रो दिन लगनटोल पुर्याइने छ। चौथो दिन लगन टोलमा रहेको रुखको परिक्रमा गरी पाँचौं तथा अन्तिम दिन पूर्ण खटमा राखी नगरपरिक्रमा गराएर मन्दिर लग्ने गरिन्छ।
योसँगै मत्स्येन्द्रनाथको जात्रा सकिन्छ ।