arrow

मन्त्रीको टुङ्गो लगाउन कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
congress-nc-party-office-hq.jpg

काठमाडौं ।  नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन बैठक बोलाएको छ । कांग्रेसले आज  बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

यही चैत ६ गते विश्वासको मत पुनः लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५ मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टि जसपालाई समान २–२ मन्त्रालय दिने सहमति भएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीसहित  प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ