arrow

तनहुँ १ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेवार बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
govinda-bhattarai-congress-tanahu.jpg

काठमाडौं । नेपाली कांग्रेसले आगामी १० बैशाखमा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । 

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए ।  


बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ