arrow

चितवनमा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
jitnarayan-shrestha-congress-chitwan.jpg

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० मा हुने लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ  ।

तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो स्थान रिक्त भएको हो । 

यसैगरी चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि सो स्थान रिक्त भएको हो । निर्वाचन आयोग नेपालले तीन वटै निर्वाचन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ