arrow

मन्त्री छान्दै देउवा, नेताहरुको दबाब, व्यक्तिगत रस्साकस्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो । 

बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठ वटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवाले पाएका हुन् । 

देउवालाई यतिबेला नेताहरुले दबाब दिइरहेका छन् । संस्थापन इतर पक्षबाट डा. शेखर कोइरालाले शुरुआतमै भेटेर दबाब दिएका छन् । उनले यसअघि नै नाम बुझाइसका थिए । 

देउवा निवास धुम्बाराही स्रोतका अनुसार कोइरालालाई दुई वटा मन्त्रालय दिने पक्का भइसकेको छ । तर कोइरालाले चार वटा पाउनु पर्ने भन्दै दबाब दिइरहेका छन् । 

व्यक्तिगत तबरबाटसमेत नेताहरुले आफू मन्त्री बन्न पाउनु पर्ने भन्दै अडान राखिरहेका छन् ।  व्यक्तिगत रुपमै नेताहरुबीच रस्साकस्सी भएको छ । 

गत सातादेखि नै देउवाको निवास धुम्बाराहीमा नेताहरुको भीड लाग्दै आएको छ । कहिले समूहमा त कहिले एक्लै भए पनि आकांक्षीले धुम्बाहारीमा हाजिरी दिँदै आएका छन् ।  

कांग्रेसले सरकारमा जानका लागि मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलत दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो । तर त्यो कहाँ पुग्यो पत्तो छैन । 

देउवाले भने कसैलाई आश्वासन दिएका छन् कसैलाई ‘तिम्रो पालो आएको छैन’ भन्दै सम्झाउँदै आएका छन् । अन्तिम घडी आइसक्दासमेत कसको नेतृत्वमा कांग्रेस सरकारमा जान्छ भन्ने यकिन छैन । 

देउवाले सबैलाई मिलाएर लैजान खोजेको आश्वासन भने दिएका छन् । अहिले उनले फरक तरिकाले हेरेका छन् । देउवाले हेरेको फरक भनेको पछिल्लो गठबन्धनसँग सहकार्य गर्न जसरी देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाई सक्रिय बनाएका थिए त्यसरी नै सरकारमा सहभागी हुनेहरुको नाम पनि सोही अनुसार बनाउँदै छन् । 

खड्का हावी देखिएका भए पनि उनलाई आन्तरिक रुपमा कमजोर पार्न खोजिएको छ । उनलाई देउवा पत्नी सांसद एवं केन्द्रीय सदस्य आरजू राणा देउवाले सघाइरहेकी थिइन् । तर आरजू आफ्नी आमाको उपचारको लागि नयाँदिल्ली गएपछि खड्का एकाएक कमजोर भएको बताइन्छ । 

यता शेखर कोइरालाले दुई जनामात्र पाउँदा उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मन्त्री बनाउन नाम दिएको धुम्बाराही स्रोतले बताएको छ । तर सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्य प्रदीप पौडेलको नाम पनि समावेश भएको छ । 

संस्थापनबाट आरजूसँगै प्रकाशशरण महत, प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, उदयशमशेर राणा, एनपी साउद, किशोर सिंह राठोर, मोहन आचार्य, सीता गृुरुङलगायत सम्भावित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ