arrow

बाहिरियो कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको सम्भावित नाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरुको नाम बाहिरिएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

यस्तै अर्का उपसभापति धनराज गुरुङ, सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सीता गुरुङ  भूमि ब्यवस्था, डिगबहादुर लिम्बू कानून, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

यसअघि कांग्रेस बैठकले सभापति शेरबहादुर देउवालाई मन्त्री चुन्ने जिम्मा दिएको थियो।

तर, अझै नाम पूर्ण रुपले फाइनल नभइसकेको हो। संस्थापन इतर पक्षबाट अझै एक जनाको नाम राख्नका लागि जोड भइरहेको छ। जसमा जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेलमध्ये एक मन्त्री बन्ने सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ