- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट आजबाट शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुँदैछ ।
उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाइटन्स र चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सबीच खेल हुदैछ ।
खेल नेपाली समयअनुसार बेलुकी पौने ८ मा शुरु हुनेछ । गुजरात पहिलो सहभागीतामै च्याम्पियन बनेको हो ।
आईपीएलमा चार वर्षपछि उद्घाटन हुनेछ । त्यस्तै तीन वर्षपछि होम एन्ड अवेको आधारमा खेलिनेछ ।
अर्थात् सात खेल घरमा र बाँकी लिग खेल विपक्षीको मैदानमा खेल्नुपर्नेछ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।
आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २–२ खेल हुनेछ ।
यसका अनुसार लिग चरणमा हरेक टोलीले १४–१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मेसम्म जारी रहने छ ।
गुजरात–चेन्नई हेड टु हेड
गुजरातबाट हार्दिक पान्ड्या, राशिद खान र मोहम्मद शमी शीर्ष खेलाडीमा पर्छन् । त्यस्तै चेन्नईमा महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा र बेन स्टोक्स रहेका छन् ।
गत लिगमा मात्रै आएको गुजरातले अहिलेसम्म चेन्नईसँग दुई खेलमात्र खेलेको छ । दुवै खेल गुजरातले नै जितेको छ ।