arrow

जेल जाने यस्तो छ ट्रम्पको दोष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
trump-de.JPG

काठमाडौं ।  सन् २०१६ को चुनावी अभियानमा चुपचाप बस्नको लागि पूर्व पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई रकम भुक्तानी गरेकोमा पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दोषी ठहर भएका हुन् । 

२०१६ मा ड्यान्यल्सले मिडियामा उनी र ट्रम्पबीच घनिष्ठ सम्बन्ध रहेको  खुलासा गरेकी थिइन् । यो थाहा पाएपछि ट्रम्प टोलीका वकिलले ड्यान्यल्सलाई चुप लाग्न  १ लाख ३० हजार अमेरिकी डलर तिरेका थिए।  भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलद्वारा प्रकट गरिएको थियो ।

त्यस बेला रियल इस्टेट टाइकुन डोनाल्ड ट्रम्पले जुलाई २००६ मा गल्फ प्रतियोगिताको क्रममा वयस्क फिल्म अभिनेत्री ड्यान्यल्सलाई भेटेका थिए। त्यस बेला डेनियल २७ वर्षकी थिइन् भने ट्रम्प ६० वर्षका थिए।

उनकी तेस्रो श्रीमती मेलानियाले करिब चार महिनापछि छोरा ब्यारोनलाई जन्म दिएकी थिइन्। सन् २०१८ मा प्रकाशित भएको पुस्तक "फुल डिस्क्लोजर" मा ड्यान्यल्सले ट्रम्पसँगको उनको भेटबारे बताएकी छिन्।

योसँगै ड्यान्यल्सले नेभाडामा भएको सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई आफ्नो होटलको कोठामा बोलाएको पनि आरोप लगाएकी छन् । ट्रम्पले ड्यान्यल्सलाई टिभी स्टार बनाउने वाचा गरेका थिए। 

ड्यान्यल्सका अनुसार ट्रम्प र उनीबीच सम्बन्ध थियो । तर, ट्रम्पले ड्यान्यल्ससँग शारीरिक सम्बन्ध भएको कुरा अस्वीकार गरेका छन् । आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ । यसै विषयलाई लिएर ट्रम्पविरुद्ध एक ग्र्याण्ड जुरीले मुद्दा चलाउन मिल्ने गरी मतदान गरेको छ।  

ट्रम्प आपराधिक अभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी आत्मसमर्पण गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ