arrow

दिउँसो ३ बजे शपथ

कांग्रेसमा लफडा, सम्मानजनक सहभागीता नभएसम्म नाम नदिने शेखर समूहको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने सबैको शपथ नहुने सम्भावना बढेको छ । संस्थापन इतर पक्षले आफ्नो पक्षको सम्मानजनक सहभागीता हुने ग्यारेन्टी नभएसम्म नाम नदिने निर्णय गरेसँगै कांग्रेसबाट सबैले आज शपथ खाने सम्भावना कम भएको हो । 

दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथको समय राखिएको भए पनि अहिलेसम्म कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम फाइनल भएको छैन । डा.शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएसँगै अन्योल बढेको हो । 

कांग्रेसले ८ वटा मन्त्रालय पाएकामा शेखर समूहले सम्मानजनक सहभागीता खोजेको हो । सकभर ४ र नभए ३ जना भए पनि मन्त्री बनाउन् पर्ने शेखर कोइराला समूहको माग छ । 

तर देउवाले भने दुई जनाको मात्र नाम मागेपछि उक्त प्रस्ताव स्वीकार्य नहुने निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जनाएका छन् । 

उनले भने, ‘समूहले निर्णय गर्ने कुरा हो । हामीले नाम दिएका छैनौं ।’

उनले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी दिएको बताए । उनले आफूहरु अझै निराश नभएको र छलफल जारी रहेको बताएका छन् । 

यसअघि हिजो बसेको पार्टी बैठकले देउवालाई मन्त्री छान्ने अधिकार दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ