arrow

टीसीएलले  ल्यायो नगदवृष्टि योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
tcl-new-year-offer-2080.jpg

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले यो नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

ग्राहकहरुले यो योजना चैत्र १४ गतेदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टीसीएलका कुनै पनि सामानको खरिदमा नगद रु ६१ हजार ३०० सम्मको छुट पाउन सक्नेछन् भने वाशिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । 

त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै रु चार हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् । 

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।
 
नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ