arrow

प्रश्नपत्र लिक गर्ने परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
SEE-1280x720.jpg
तस्बिर – सांकेतिक ।

बारा । शुक्रबारबाट शुरु भएको एसईई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिक गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । 

उनले पश्नपत्रको पहिलो पाना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए । यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्बनमा परेका छन् । 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं. ०३६०२९४६ भी हो । उनी सोही पालिका स्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको शुक्रबारको मात्रै परीक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानबिन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ