arrow

एन्फाको आकस्मिक बैठकले गर्‍यो चार निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
anfa-meeting-2079-12-18.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको बैठकले चार निर्णय गरेको छ । एन्फाको असन्तुष्ट समूहको बहिष्कारबीच शनिबार बसेको आकस्मिक कार्यसमितिको बैठकले चार निर्णय गरेको हो । 

जसमा प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने लगायत चार निर्णय गरिएको हो । बैठकमा उपाध्यक्षत्रय विराटजंग शाही, दीर्घबहादुर केसी र दिपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा र मनिष जोशी अनुपस्थित रहेका थिए । 

अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री कपमा आइदिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार लाओसलाई २–१ गोल अन्तरले हराउँदै नेपालले थ्री नेसन्सको उपाधि जितेको थियो ।

त्यस्तै बैठकले फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने निर्णय गरेको छ । बैठकले शहीद स्मारक ‘बी’ डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार दिन र बी डिभिजन लिग संचालनको बजेट पारित गरेको छ ।

जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम माग गरिने, जिल्लाको कार्यालय संचालन गर्नलाई  २ लाख दिने , जिल्ला फुटबल सामाग्रीहरुको लागि १ लाख  दिने र ए, बी, सी डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि संघले प्राप्त गर्ने अनुदानको विभिन्न शीर्षबाट रकम निकासाका लागि एएफसी र फिफासँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ