arrow

मन्त्री छान्न र उपनिर्वाचनबारे निर्णय गर्न बस्दै कांग्रेस कार्यसम्पादन समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । 

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
 
तर देउवाले सम्मानजनक सिट नदिएसम्म आफ्नो तर्फका व्यक्तिको नाम नपठाउने निर्णय डा. शेखर कोइराला पक्षले गरेसँगै मन्त्रिपरिषद् अपूर्ण भएको छ । 

कांग्रेसले आठ वटा मन्त्रालयको जिम्मा पाएको भए पनि चार जनामात्र मन्त्री पठाएको छ । कोइराला पक्षले सकभर चार जना र नभए सम्मानजनक रुपमा तीन जनालाई मन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।

कोइराला पक्ष आजको बैठकमा कडा रुपमा प्रस्तुत हुने जनाएको छ । 

देउवाले जम्मा दुई जनाको मात्र नाम मागेपछि कोइराला पक्ष असन्तुष्ट बनेको हो । 



नयाँ