arrow

आईपीएलको दोस्रो खेलमै वर्षाको असर, डीडब्ल्यूएलमा पञ्जाबको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
ipl-rain-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा वर्षाको असर देखिन थालेको छ । शुक्रबारदेखि शुरु भएको आईपीएलको दोस्रो खेल वर्षाले असर गर्यो । 

मोहालीमा भएको खेल वर्षाले पूरा हुन नसकेपछि डक वर्थ लेविस (डीडब्ल्यूएल) का आधारमा पञ्जाब किंग्स विजयी भयो । पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ७ रनले हरायो । 

खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा १९१ रन बनायो । भानुका राजपाक्ष्ले ५०तथा कप्तान शिखर धवनले ४० रन बनाएको इनिङ्समा टिम साउथीले २ विकेट लिए । जवाफमा कोलकाताले वर्षाले खेल रोकिनु पूर्व १६ ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो । आन्द्रे रसेले ३५ तथा भेंकटेश ऐयरले ३४ रन बनाएको इनिङ्समा अर्शदीप सिंहले ३ विकेट लिए । 

आईपीएलको तेस्रो खेल

आईपीएलको तेस्रो खेलमा लखनउ सुपर जाइन्टस्ले दिल्ली क्यापिटल्सलाई ५० रनले हरायो । लखनउले पहिले ब्याटिङ गर्दै घरेलु मैदानमा भएको खेलमा ६ विकेटको क्षतिमा १९३ रन बनायो । कायल मायेर्सले ३८ बलमा ७३ रन जोडे । त्यस्तै निकोलस पुरनले २१ बलमा ३६ रन बनाए । खलिल अहमद र चेतन सकारियाले २–२ विकेट लिए । 

जवाफमा दिल्लीले कप्तान डेभिड वार्नरको ५६ तथा राइली रस्वोको ३० रनको मद्धतले ९ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो । 

प्लेयर अफ द म्याच मार्क उडले १४ रन खर्चेर ५ विकेट लिए । त्यस्तै आभेश खान र रवि विश्नोईले २–२ विकेट लिए । 

यो खेलपछि १० टोली सहभागी लिगमा लखनउ, गुजरात जाइन्टस् र पञ्जाब क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने पराजित भएका कोलकाता, चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । 

आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल हैदराबादमा हुँदैछ । 

बेलुकी ७ः४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स भिड्ने छन् । यो खेल बैंगलरुमा हुनेछ । 
 



नयाँ