- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा रहेका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारीमा छन् ।
मंसिर ४ मा बारा २ बाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव सत्ता गठबन्धनबाटै उपराष्ट्रपति बनेपछि सो क्षेत्र खाली रहेको छ ।
सो क्षेत्रमा हुने उपनिर्वाचनमा अध्यक्ष यादवले उम्मेदवारी दिने भएका छन् ।