arrow

गोविन्दराज जोशीको कारबाही फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
govinda-raj-joshi.jpg

काठमाडौं । नेपाली कांग्रेसले पूर्व मन्त्री गोविन्दराज जोशीको कारबाही फुकुवा गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका पूर्व मन्त्री जोशीको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 

गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्ध तनहुँमा पूर्व मन्त्री जोशीले बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । उनी तनहुँ-१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

जोशीसहित २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लङ्घन गरेका बारा, तनहुँ र चितवन नेताहरूको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

योसँगै चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही पनि फुकुवा भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन सभापति सुशील कोइरालाविरूद्ध चितवन-४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि कोइराला कारबाहीमा परेका थिए ।



नयाँ