- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्स दुई सय रन कटाउने पहिलो टिम बनेको छ ।
आइतबार हैदराबादमा जारी खेलमा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले दुई सय रन पूरा गरेको हो ।
यसअघि भएका तीन खेलमा दुई सय रनको आँकडा पूरा भएको थिएन । राजस्थानले ५ विकेटको क्षतिमा २०३ रन बनाएको हो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ५५ तथा जोस बटलर र यशास्भी जैसवालले समान ५४ रन बनाए । फजलहक फारुकी र टी नटराजनले समान २–२ विकेट लिए ।
आईपीएलको यो संस्करणमा अहिलेसम्म गुजरात टाइटान्स, पञ्जाब किंग्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन् । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स पराजित भएका छन् ।