arrow

बेको को नयाँ वर्ष योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
beko-cg.jpg

काठमाडौँ। युरोपको ठुलो इलेकट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै "नयाँ वर्षको उमङ्ग, मनाऔँ बेको सँग" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।

साथै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ।           
उक्त योजना चैत्र १५, २०७९ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ