arrow

चितवन- २ : क-कसले दिँदैछन् उम्मेदवारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
jitnarayan-shrestha-congress-chitwan.jpg
तस्बिर : फाइल

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि चितवन- २ मा ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । 

सो क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बन्दै छन् ।

 यसअघि सोही निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा मुछिएपछि सांसद पद गुमेको थियो ।

सर्वोच्च अदालतले निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेको पद खारेज गरेसँगै वैशाख १० गते उप निर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दै छन् । आज बिहान १० बजेबाट बेलुकी पाँच बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

सभापति लामिछाने बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

सो क्षेत्रबाट कांग्रेसले पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । 

यस्तै एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदै छ । 

काँग्रेसका उम्मेदवार श्रेष्ठलाई नेकपा माओवादी, नेकपा समाजवादी लगायतका सत्ता गठबन्धन दलहरूले सहयोग गर्दै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ