arrow

कांग्रेसका विद्रोही जगन्नाथको समर्थन रविलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
jaganath-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले चितवन क्षेत्र नम्बर २ मा आफ्नो समर्थ रास्वपाका सभापति रवि लामिछानेलाई हुने बताएका हुन् । 

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार बन्दै छन् । यसअघि सोही निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा मुछिएपछि सांसद पद गुमेको थियो । सर्वोच्च अदालतले निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेको पद खारेज गरेसँगै वैशाख १० गते उप निर्वाचन हुन लागेको हो ।

भारतपुर नगरपालिकाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेपछि पार्टीभित्र विद्रोह गरेर पौडेल बागी उम्मेदवार बनेका थिए । स्वतन्त्रका उम्मेदवार बनेका पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ