arrow

कारबाहीमा परेका दिनेशले मागे जीतनारायण र गोविन्दलाई भोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
dinesh-koirala-chitwan.JPG

काठमाडौं । नेपाली कांग्रेसले कारबाही गरेका दिनेश कोइरालाले वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारका लागि भोट मागेका छन् । कोइरालाले जीतनारायण श्रेष्ठ र गोविन्द भट्टराईका लागि भोट मागेका हुन् ।  कांग्रेसका जीतनारायण श्रेष्ठ चितवन क्षेत्र नम्बर २ र गोविन्द भट्टराई तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । 

 गत मङ्सिर ४ गतेको निर्वाचनमा कोइराला कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। निर्वाचनमा पार्टीको निर्देशन विपरीत गएको भन्दै कोइलालाई केन्द्रीय अनुशासन समितिले निष्कासन गरेको थियो । सो समय उनी चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।  कोइरालाले १२ हजार दुई सय ७५ मत ल्याएका थिए ।

उनको स्टाटस पछि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने पुराना गल्ती सच्याउँदै जानु राम्रो भएको बताएका छन् । यद्यपि चितवनबाट कारबाहीमा परेका विकास कोइराला र तनहुँका गोविन्दराज जोशीको फुकुवा भए पनि दिनेश कोइरालाको फुकुवा भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ