arrow

ट्रम्प अदालतमा हाजिर हुँदै, न्यूयोर्कमा कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
Donald-trump-final.jpg

काठमाडौं । फौजदारी अभियोग लागेका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिउँसो अदालतमा हाजिर हुँदै छन्। 

ट्रम्पको आत्मसमर्पण अघि ट्रम्पका समर्थकले गर्ने सम्भावित विरोधको मध्यनजर गर्दै न्यूयोर्कका शहरहरुको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

ट्रम्पका समर्थकका लागि म्यानहट्टन क्रिमिनल कोर्टहाउस नजिकै सडकहरू अवरुद्ध गरिएको छ । 

न्यूयोर्क शहरमा रहेको ट्रम्प टावरलाई प्रहरीले घेरा हालेको छ । ट्रम्पको उपस्थिति अगाडि केही अदालतहरू बन्द गर्ने तयारी छ । 

ट्रम्प सोमबार फ्लोरिडाबाट न्यूयोर्क उडान गर्ने र मंगलबार बिहान अदालत पुग्नु अघि ट्रम्प टावरमा रात बिताउने ट्रम्पका सल्लाहकारले बताएका छन् । 

रिपब्लिकन कंग्रेसवुमन मार्जोरी टेलर ग्रीन लगायतका शीर्ष समर्थकहरूले मंगलबार विरोध प्रदर्शन गर्न न्यूयोर्क जाने बताएकी छन्। 

ट्रम्पले अघिल्लो चुनाव जितेको झूटो दाबी गरेपछि उनका समर्थकहरूले जनवरी २०२१ मा अमेरिकी क्यापिटल भवनमा आक्रमण गरेका थिए।

न्यूयोर्क पुलिस विभागले शहरमा कुनै विश्वसनीय खतरा नभएको बताएको छ। 

"विभाग आवश्यक पर्दा प्रतिक्रिया दिन तयार छ र सबैले शान्तिपूर्वक आफ्नो अधिकारको प्रयोग गर्न सक्षम छन् भनी सुनिश्चित गर्दछ," न्युोर्क पुलिसले एक विज्ञप्तिमा भनेको छ। 

अदालतका एक अधिकारीले ट्रम्प दिउँसो २:१५ बजे अदालत पुग्ने बताए । 

ट्रम्पको मूल निवास न्यूयोर्क हो । उनले २०१६ मा १८ प्रतिशत र २०२० को निर्वाचनमा २३ प्रतिशत मत पाएका थिए । 

२०१६ को चुनावी अभियानमा चुपचाप बस्नको लागि पूर्व पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई रकम भुक्तानी गरेकोमा ट्रम्पलाई अमेरिकाको म्यानहट्टनस्थित ग्रान्ड जुरीले दोषी ठहर गरेको छ । 

उनी आपराधिक अभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्।

यस्तो छ मामिला 
२०१६ मा ड्यान्यल्सले मिडियामा उनी र ट्रम्पबीच घनिष्ठ सम्बन्ध रहेको खुलासा गरेकी थिइन् । यो थाहा पाएपछि ट्रम्प टोलीका वकिलले ड्यान्यल्सलाई चुप लाग्न १ लाख ३० हजार अमेरिकी डलर तिरेका थिए। भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलद्वारा प्रकट गरिएको थियो ।

त्यस बेला रियल इस्टेट टाइकुन डोनाल्ड ट्रम्पले जुलाई २००६ मा गल्फ प्रतियोगिताको क्रममा वयस्क फिल्म अभिनेत्री ड्यान्यल्सलाई भेटेका थिए। त्यस बेला डेनियल २७ वर्षकी थिइन् भने ट्रम्प ६० वर्षका थिए।

उनकी तेस्रो श्रीमती मेलानियाले करिब चार महिनापछि छोरा ब्यारोनलाई जन्म दिएकी थिइन्। सन् २०१८ मा प्रकाशित भएको पुस्तक "फुल डिस्क्लोजर" मा ड्यान्यल्सले ट्रम्पसँगको उनको भेटबारे बताएकी छिन्।

योसँगै ड्यान्यल्सले नेभाडामा भएको सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई आफ्नो होटलको कोठामा बोलाएको पनि आरोप लगाएकी छन् । ट्रम्पले ड्यान्यल्सलाई टिभी स्टार बनाउने वाचा गरेका थिए। 

ड्यान्यल्सका अनुसार ट्रम्प र उनीबीच सम्बन्ध थियो । तर, ट्रम्पले ड्यान्यल्ससँग शारीरिक सम्बन्ध भएको कुरा अस्वीकार गरेका छन् । आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ । यसै विषयलाई लिएर ट्रम्पविरुद्ध एक ग्र्याण्ड जुरीले मुद्दा चलाउन मिल्ने गरी मतदान गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ