arrow

दुई दिनमा ३७ अङ्कले घट्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पूँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । 

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर  रू ९२ करोड दुई लाख ४९ हजारमा  कारोबार भएको छ । 
 
आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । 

आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ । 

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ