arrow

लागूऔषधसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक रहेका छन् । 

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ का वर्ष ३७ का शिव जनम माझी मुसहर, पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ खुर्कोटका वर्ष २२ का हाडी भन्ने सन्दिप परियार रहेका छन् । 

आइतबार राति इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पोखरा आउँदै गरेको बस चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट लागूऔषध डाईजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल र २४० पिस नाईट्राभ्याट ट्याब्लेट तथा ४ थान मोवाइल बरामद गरिएको छ । 

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ