arrow

लगातार घट्यो नेप्से

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को विन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१।९७ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सूचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ । 

एनआईसी एसिया बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । मंगलबार १३ उपसूचकमध्ये ७ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ । 

मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरी सानिमा ग्रोथ फण्डको ८.९३ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ७.७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६.८४ प्रतिशतले शेयर कारोबार बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ