arrow

'विद्युतीय गाडीको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
Electric-Car-Batteries.jpg

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपालले विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र लाभदायक नभई वातावरण जोगाउन र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् ।

मंगलबार आयोजित एक कार्यशाला गोष्ठीमा उनले जलस्रोत नेपालको सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत भएको र त्यसको उत्पादन तथा खपत बढाउन सके देशले आर्थिक उन्नतिको क्षेत्रमा फड्को मार्ने विचार व्यक्त गरे । 

विद्युतीय सवारी साधनको उपभोगलाई बढाउन सकेमा स्वच्छ वातावरणलाई सघाउ पुग्ने धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले यसको प्रयोगका लागि चाहिने आवश्यक नीति, नियमलगायत विविध चुनौतीको समाधान गर्ने सरकारको प्राथमिकताको विषय भए पनि सबै क्षेत्रको साझा पहलकदमीबाटै समृद्धि मुलुकको भविष्य सुनिश्चित हुने बताए । 

उनले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन चुनौती भए पनि यसमा सरकार मात्र नभएर निजी क्षेत्र, उपभोक्ता सबैको साथ र समर्थन हुनुपर्ने धारणा व्यक्त गरे । साथै, उनले विद्युतीय सवारी साधनको विकास र देशको समृद्धिका आकांक्षा पूर्तिका निम्ति सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने कुरा औँल्याए । 

जलस्रोतको विकासबाट नै मुलुकको सुन्दर भविष्य सुनिश्चित गर्न सकिने भन्दै मन्त्री बस्नेतले जलस्रोतको विकास र विद्युतीय सवारी साधनको प्रवर्द्धन सरकारको प्राथमिकताको क्षेत्र भएको विचार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ