arrow

गुजरातको लगातार दोस्रो जित, दुवै खेलमा हार्‍यो दिल्ली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
ipl-2023-04-04.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा साविक विजेता गुजरात टाइटान्सले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा चार पटकको विजेता चेन्नई सुपर किङ्सलाई हराएको गुजरातले दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्यो । 

मंगलबार राति भएको खेलमा गुजरात ६ विकेटले विजयी भएको हो । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १६२ रन बनायो । 

कप्तान डेभिड वार्नरले ३७ तथा अक्षर पटेलले ३६ रन बनाएको इनिङ्समा मोहम्मद शमी र रशिद खानले ३–३ विकेट लिए । अल्जारी जोसेफले २ विकेट लिए । 

जवाफमा गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर विजय हासिल गर्यो । साइ सुदर्शनले ४८ बलमा अविजित रहँदै ६२ तथा डेभिड मिलरले १६ बलमा अविजित रहँदै ३१ रन जोडे । साइ प्लेयर अफ द म्याच भए । 

आजको खेल 
आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे राजस्थान रोयल्सले पञ्जाब किंग्ससँग खेल्दैछ । खेल गुवाहाटीमा हुँदैछ । 

अंक तालिका 
सात खेलमात्र हुँदा लगातार दुवै खेल जितेर गुजरात टाइटान्स ४ अंकसहित शीर्ष स्थानमा छ । एक खेलबाट राजस्थान २ अंकसहित दोस्रो स्थानमा छ । 
एक खेलबाटै २ अंकको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो तथा २ खेलबाट २ अंकको लखनउ जाइन्टस् चौथो स्थानमा छ । 

पञ्जाब १ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छ । चेन्नई २ खेलबाट २ अंकसहित छैटौं स्थानमा छ । 

कोलकाता नाइट राइडर्स १ खेलबाट हार बेहोर्दै सातौं, दुवै खेल हारेको दिल्ली आठौं तथा एक एक खेलबाट हार बेहोरेका मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद नवौं र दशौं स्थानमा छन् । 
 



नयाँ