arrow

कारबाही गर्न गृहको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
ministry-home-affairs.jpg

काठमाडौं ।  गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो । 

महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ