arrow

एसईईमा बेथितिः एउटै परीक्षा केन्द्रबाट ५२ परीक्षार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
SEE-1280x720.jpg
तस्बिर – सांकेतिक ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । 

बुधबार एक जना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ