arrow

नयाँ वर्षमा गोडरेजको "क्यास ब्याक" अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
cg-godrej-appliances.jpg

काठमाडौँ। ६५ वर्षको लामो इतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी "क्यास ब्याक" योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजनाको लाभ चैत्र १७, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरूले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशत सम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरूमा १० वर्ष को कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।

नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

कम्पनीका सिजी डिजिटल शोरुम हरु काठमाडौँ भित्र टङगाल, कुमारी पाटी, भक्तपुर राधे राधे, गत्थाघर, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ