arrow

नयाँ वर्ष अफर : सिजी सामानको खरिदमा दुबई भ्रमणको अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
cg-meridia.jpg

काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो र नम्बर एक इलेकट्रोनिक्स ब्राण्ड सिजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा साना घरायसी सामानको खरिदमा “नयाँ वर्ष २०८० सिजीको, उमङ्ग नयाँपनको” उपहार योजना सार्वजनिक छ। यस उपहार योजना अन्तर्गत सीजीको साना घरायसी सामानको खरिदमा हरेक हप्ता प्रेसर कुकर उपहारसँगै बम्परमा दुबई भ्रमण जित्ने मौका समेत रहेको छ।

सिजी मेरिडियाका उत्कृष्ट उत्पादनहरूका साथ नयाँपनको उमङ्ग सहित ग्राहकहरूले अब हरेक हप्ता आकर्षक उपहार सहित दुबई भ्रमणको आनन्द समेत लिन सकिने कम्पनीले जनाएको छ। यो योजना सिजी तथा सिजी मेरिडियाका विभिन्न उत्पादन जस्तै मिक्सर ग्राइन्डर तथा ब्लेन्डर, जुसर मिक्सर ग्राइन्डर, ह्याण्ड मिक्सर, माइक्रोवेभ ओभन, विभिन्न प्रकारका सिलिङ्,  फ्लोर तथा वाल प्यान्, प्रेसर कुकर, राइस कुकर, वाटर डिस्पेन्सर, एयर फ्रायर, ग्यास स्टोभ तथा इन्डक्सन कुकटप आदि जस्ता अरू पनि साना घरायसी सामानमा उपलब्ध छ।

यस उपहार योजनासँगै गर्मीको मौसममा समेत आरामदायी बसाइका लागि सिजीका प्यानहरूको खरिद गर्दै ग्राहकहरूले दुबई भ्रमण गर्ने मौका पाउन सकिने छ। यसै गरी सहज र सरल पकाइका लागि आकर्षक डिजाइनका उत्कृष्ट इन्डक्सन कुकटप लगायत प्रेसर कुकर, राइस कुकर तथा ग्यासस्टोभ हरू उपलब्ध छन्।

विभिन्न प्रकारका मिक्सर ग्राइन्डर, ब्लेन्डर तथा जुसर सँगै भान्साको कामकाज सरल हुनुको साथै पकवानको मजा लिन सक्नुहुनेछ तथा वाटर डिस्पेन्सरका साथ तातो तथा चिसो पानी तुरुन्तै प्राप्त गर्न सहज हुनेछ। यसै गरी एयरफ्रायरको खरिद गरी ग्राहकहरूले विभिन्न प्रकारका मिठा पकवानहरू एकदमै स्वस्थ तरिकाले बिना धेरै तेल प्रयोग गरी बनाउन सक्नुहुनेछ भने माइक्रेवेभ ओभनका साथ विशेष परिकारहरू घरमै बिना कुनै झन्झट बनाउन सकिन्छ।

यसरी यी सबै उत्कृष्ट उत्पादनहरूको सहजता तथा विशेषताहरूको उपभोग गर्नुकासाथै यस नयाँ वर्ष २०८० मा झनै उमङ्ग भर्दै विदेश भ्रमण जित्ने मौका समेत पाइने छ।

यस योजना अन्तर्गत बम्पर उपहार तथा साप्ताहिक उपहारहरू जित्नका लागि सहभागी हुन ग्राहकहरूले सीजीएसडीए [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ