arrow

कोलकाताको शानदार जित हुँदा बैंगलोरको शर्मनाक हार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
kohli-kolkatta-2023.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकाल्दा रोयल च्यालेन्जर्स बैंगलोरले शर्मनाक हार बेहोरेको छ । 

घरेलु मैदान इडन गार्डेनमा शानदार जित निकाल्ने क्रममा कोलकाताले बैंगलोरलाई ८१ रनले पराजित गरेको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको बैंगलोरले १७.४ ओभरमा अलआउट हुँदै १२३ रन मात्र बनायो । 

कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले १५ रन खर्चेर ४ तथा सुयश शर्माले ३ विकेट लिए ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । शार्दुल ठाकुरले २९ बलमा ६८ तथा रहमानुल्लाह गुर्वाजले ४४ बलमा ५७ रन बनाए । रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । 

बैंगलोरका लागि डेभिड विली र कर्ण शर्माले समान २–२ विकेट लिए । 

आजको खेल 
आज पनि एउटामात्र खेल हुनेछ । लखनउ सुपर जाइन्टस र सनराइजर्स हैदराबाद भिड्ने छन् । 

खेल बेलुकी ७ः४५ बजे लखनउमा शुरु हुनेछ । 

अंक तालिका 
अहिलेसम्म दुई टिमले मात्र सतप्रतिशत नतिजा निकालेका छन् । साविक विजेता गुजरात जाइन्टस र पन्जाब किंग्स २ खेलबाट ४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

कोलकाता, राजस्थान रोयल्स, लखनउ, चेन्नई र बैंगलोर २ खेलबाट २ अंकसहित क्रमशः तेस्रोदेखि सातौं स्थानमा छन् । 

दिल्ली क्यापिटल्सले दुवै खेल हारेको छ भने मुम्बई इन्डियन्स र हैदराबादले १–१ खेल खेलेर अंकविहीन छन् । 
 



नयाँ