- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । भारतमा एकै दिनमा ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै हालसम्म संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख ३९ हजार ५४ पुगेको छ । दैनिक संक्रमण दर ३.३२ प्रतिशत र साप्ताहिक दर २.८९ प्रतिशत रहेको छ ।
यसको १९५ दिन अघि गत वर्ष सेप्टेम्बर २३ मा देशमा दैनिक ५ हजार ३ सय ८३ जनामा संक्रमण देखिएको थियो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक तथ्यांक अनुसार कर्नाटक र महाराष्ट्रमा दुई-दुई र केरला र पन्जाबमा एक-एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै भारतमा मृत्यु हुनेको सङ्ख्या ५ लाख ३० हजार ९२९ पुगेको छ । कोभिड-१९ बाट मृत्युदर १.१९ प्रतिशत रहेको छ ।
भारतमा हाल २५ हजार ५८७ जना कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका छन् । जुन कुल संक्रमितको ०.६ प्रतिशत हो ।
बिरामीहरूको निको हुने दर ९८.७५ प्रतिशत रहेको छ । हालसम्म कुल ४ लाख ४१ लाख ८२ हजार ५३८ जना संक्रमणमुक्त भइसकेका छन् ।