arrow

पदम लिम्बूलाई शहीद घोषणा गर्‍यो सरकारले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
cabinet-prachanda-2079-12-24.jpeg

काठमाडौं । संघीय सरकारले पहिचनावादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।  गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ