arrow

गुमेको शाखलाई फिर्ता गर्न एमाले टोल टोलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
ramprasad-neupane-chitwan.JPG

काठमाडौं । मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्न नेकपा (एमाले) घरदैलोमा लागेको छ । चितवन क्षेत्र नम्बर २ मा एमालेले आफ्नो घरदैलो कार्यक्रम शुरु गरेको छ । 

सो क्षेत्रबाट एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले रहेको उपाध्यक्ष कमल पाठकले बताएका छन् । उनका अनुसार एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचन समय अवधिभर जिल्लामा रहनेछन् । 

एमालेले इच्छाकामना गाउँपालिका-१ हात्तीवाङबाट घरदैलो अभियान शुरु गरेको छ । घरदैलो कार्यक्रमसँगै निर्वाचन लक्षित अन्य कार्यक्रम समेत गरिने पाठकले जानकारी दिए । घरदैलोका क्रममा कोणसभासमेत गरिने छ । नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ