arrow

लखनउ शीर्ष स्थानमा, हैदराबाद पुछारमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
ipl-lakhanau-haidarabad.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शुक्रबार रातिको खेलमा लखनउ सुपर जाइन्टस विजयी भएको छ । लखनउले घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्यो । 

१२२ रनको विजयी लक्ष्य लखनउले १६ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो । कप्तान लोकेश राहुलले ३५ तथा अलराउन्डर क्रुनाल पान्डेयाले ३४ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनायो । राहुल त्रिपाठीले ३४ तथा अनमोलप्रित सिंहले ३१ रन बनाए । कम योगफलमा रोक्ने क्रममा क्रुनालले ३ तथा अमित मिश्राले २ विकेट लिए । 

अंक तालिका 
१० टिम सहभागी लिगमा लखनउ सुपर जाइन्टस ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।  २ खेलबाट गुजरात टाइन्टान्स र पञ्जाब किंग्स ४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

समान २ खेलबाट २ अंकसहित कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, चेन्नई स्पर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेका छन् । 

अंकविहीन दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहेका छन् । 
 



नयाँ