arrow

रहेनन् फिडे मास्टर सुजेन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
sujendra-man-shrestha-fide-master-chess.jpg

काठमाडौं । फिडे मास्टर एवम् नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठको निधन भएको छ । ५६ वर्षीय सुजेन्द्रको क्यान्सरका कारण शुक्रबार निधन भएको नेपाल बुद्धिचाल संघका उपाध्यक्ष हेराकाजी मर्हजनले जानकारी दिए । 

मखन चेस क्लबका संस्थापकसमेत रहेका अन्तर्राष्ट्रिय खेलाडी सुजेन्द्र लामो समयदेखि क्यान्सर पीडित थिए । बुद्धिचाल खेल विकासको निरन्तर क्रियाशील सुजेन्द्रले नेपालको प्रतिनिधित्व गर्दै इटालीमा भएको ३७औं ओलम्पियाड, जर्मनीमा भएको ३८औं ओलम्पियाड र नर्वेमा भएको ४०औं ओलम्पियाड खेलेका थिए । 

उनले श्रीलंकामा भएको एसियन जोनल ३.२ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी फिडे मास्टर उपाधि जितेका थिए । 

सुजेन्द्रले नेपालमा पहिलो  पटक रेटिङ बुद्धिचाल प्रतियोगिताकोसमेत थालनी गरेका थिए । 



नयाँ