arrow

कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
nepali-congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधनमा कंग्रेसले आधा झुकाउने भएको हो । 

तुम्वाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । त्यस्तै चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विसं २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार राति निधन भएको थियो । पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य तुम्वाहाम्फेले नेपाली कांग्रेसको सङ्गठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
 
तुम्वाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गारोहणको १३ औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ