arrow

मुम्बई र दिल्लीले खाता खोल्न सकेनन्, चेन्नई दाबेदारीतिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
dhoni-rohit-sharma-ipl.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बईले अहिलेसम्म खाता खोल्न सकेको छैन । 

शनिबार रातिको खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजत भयो । वाङ्खेडे मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १५७ रन बनायो । जवाफमा चेन्नईले ३ विकेटको क्षतिमा १८.१ ओभरमै जित निकाल्यो । जितसँग चेन्नईले उपाधि दाबेदारीलाई अगाडि बढाएको छ । चेन्नई चार पटकको च्याम्पियन हो । 

मा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ । मुम्बईका लागि इशान किशासनले सर्वाधिक ३२ रन जोडे । प्लेयर अफ द म्याच रविन्द्र जडेजाले ३ विकेट लिए । चेन्नईका लागि अजिन्क्या रहानेले २७ बलमा ६१ तथा ऋतुराज गायकवाडले ३६ बलमा अविजित रहँदै ४० रन जोडे । 

दिल्लीको खराब लय
दिल्ली क्यापिटल्सले अहिलेसम्म खेलेका तीन खेलमा सबैमा हार बेहोरेको छ । दिल्लीले शनिबार भएको खेलमा राजस्थान रोयल्ससँग ५७ रनको हार बेहोर्यो ।

पहिले ब्याटिङ गरेको राजस्थानले ४ विकेटको क्षतिमा १९९ रन बनायो । गुवाहाटीमा भएको खेलमा जोस बटलरले ५१ बलमा ७९ रन बनायो । यशस्वी जैसवालले ३१ बलमा ६० रन जोडे ।

जवाफमा दिल्लीले कप्तान डेभिड वार्नरको ६५ रनको मद्धतले ९ विकेटको क्षतिमा १४२ रनमात्र बनाउन सक्यो । युजभेन्द्र चहलले ३ विकेट लिए । 

आजको खेल
आज दुई वटा खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् । यो खेल अहमदाबादमा हुनेछ । 

बेलुकी ७ः४५ बजे सनराइजर्स हैदराबादले पञ्जाब किंग्ससँग हैदराबादमा खेल्नेछ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४ अंक, दुई टिमले समान २ अंक तथा तीन टिम अंकविहीन छन् । 

शीर्ष स्थानदेखि राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद रहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ